vada
News

राम्ररी ननिँदाएको डेढ महिना भैसक्यो, न खाने समय छ न सुत्ने सम्मान सोरुप १ शेयर गर्नुहोस

लहान ।रातभर फोनको घन्टी बजिरहन्छ । सर, पारिबाट मान्छे छिर्न खोज्दै छन । राति फोन आउँछ । अनि कुदिहाल्नु पर्छ । सीमामा प्रवेश रोकथाम गर्न तै’नाथ सशस्त्र प्रहरीकर्मीलाई फोनमा निर्देशन, ढाड्स दिँदै रात बितेको पत्तै हुँदैन सशस्त्र प्रहरी सिरहाका गणपति प्रवीण कडेंललाई । सीमामा आउजाउ रो’क्न खटिएका सशस्त्र प्रहरी राष्ट्रियता,साहस,अत्मबल र व्यवसायीक तालिमकै भरमा टिकेका छन ।

उनीहरुलाई न सुत्ने सुविस्ता छ न बस्ने खानेको राम्रो प्रबन्ध । जनतालाई कोरोना संक्रमणबाट जो’गाउन असुविधा झेल्दै दशगजा क्षेत्रमा टोली बनाएर चौबिसै घण्टा पहरा गरिरहेका छन्, सशस्त्र प्रहरी । ग्लोब–मास्क लगाएर राइफल तथा लठ्ठी बोकेर सीमामा पहरा गर्ने सशस्त्र प्रहरी राति गरी प्रायःचाउचाउ र पानीकै भरमा ड्यु’टी गरिरहेका छन ।

गणपति कडेंलले भने,‘४८ किलोमिटर सीमाको ५७ स्थानमा पाल टाँगेर पहरा दिइरहेका छौं । ४८ किलोमिटर दूरीमा करिब चार सय सशस्त्र प्रहरी परिचालित छन । सशस्त्र प्रहरी नायब उपरीक्षकहरु फिल्डमा अहोरात्र खटिएका छन । सशस्त्र प्रहरी जवानहरुको मनोबल उच्च राख्न गणपति कडेंल आफैं पनि फिल्डमा खटिन्छन । सहकर्मीहरुलाई सोध्छन्,‘गाहृो–सारो के छ ? सहकर्मीहरुको अँध्यारो अनुहारभित्रको मौन पीडा गणपपति कडेंलले सहजै पढ्छन ।

उनी सहकर्मीहरुलाई ढा’ड्स दिन्छन्,‘संक्रमणका बेला सीमा’कष्ट सहेर जनता जोगाउन गरेको प्रयत्नको इतिहासले मूल्यकांन गर्छ ।त्यसैले सा’हस नहार्नुस, ह’रेश नखानुस, गणपति कडेंलले,सहकर्मीको हौसला बढाए।’सीमामा खटिएका सुरक्षाकर्मीका लागि खाने बस्ने प्रबन्ध व्यवस्थित बनाउनेमा लागिपरेको उनले बताए ।

ठाउँ ठाउँमा सिसीटिभी क्यामेरा जडान गर्ने योजना छ’,उनले भने,‘हामी निगरानीलाई अझ सघन बनाउँदै लैजानेतर्फ काम गरिरहेका छौं।’कोरोना भाइरसको संक्रमण विश्वव्यापी बढेपछि सरकारले चैत ९ गते सीमा सिलको घो’षणा गरेलगत्तै दशगजामा सशस्त्र प्रहरीको तै’नाथी बढाइएको थियो । नेपाल–भारत आउजाउ गर्नेलाई रोक्न करिब डेढ महिनादेखि दशगजामा नि’गरानी राखिरहेको सशस्त्र प्रहरीले भने घामपानी खप्दै पहरा दिइरहेका छन ।

प्रदेश २ मा भारतको ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ । यस प्रदेशमा भारतसँग सीमा जोडिएका एक सय ३२ वडा(गाउँ)छन । यस प्रदेशको आठ वटै जिल्लाको सीमामा करिब ५ सय मिटरको दूरीमा एक अर्कालाई देखिनेगरी सशस्त्र प्रहरीको डि’उटी मिलाइएको प्रदेश २ सशसत्र प्रहरी प्रमुख डिआजी राजु अर्यालले बताए । नागरिक दैनिक

Related Articles

Back to top button
Close