News

भ्रष्टाचार गरेको प्रमाण देखाउन कांग्रेसको माग

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजनाबारे दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले चर्को असन्तुष्टि जनाएको छ । आइतबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले अनुसन्धानको माग गरेको छन् । भट्टराईले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेतले अर्बौं कमिसन लिएको भनी दिएको आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिएको हो ।

बाबुरामले केही दिनअघि गोरखामा भएको समाजवादी पार्टीको कार्यक्रममा बुढीगण्डकी जलविद्युत् परियोजना प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले अर्बौं रकम कमिसन खाएको आरोप लगाएका थिए उनले प्रमाणसमेत भएको दाबी गरेका थिए ।

‘बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’, शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहनु भएको नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल देश आफैंले निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा एक विशेष समिति गठन गरेको थियो ।’

Related Articles

Back to top button
Close