Intresting

बलिउड नायिका अमृता राव आमा बन्दै…

बलिउड नायिका अमृता राव आमा बन्न लागेकी छिन् । हालै उनी श्रीमान् अनमोलसँग एक क्लिनिक बाहिर देखिएकी थिइन् । अमृताको एक तस्विरमा उनको बेबी बम्प स्पष्ट रुपमा देख्न सकिन्छ । त यस तस्बिर भने क्लिनिक चेकअपका लागि खिचेकाे बताए ।टाइम्स अफ इन्डियाले एउटा स्रोतलाई उद्धृत गर्दै अमृता लकडाउन अघि गर्भवती भएको बताए । उनी गर्भवती भएको कुरा उनका आफन्तबाहेक धेरैलाई थाहा नभएको पनि बताइएको छ ।

याे जाेडीले ७ वर्षसम्म एक अर्कालाई डेट गरेपछि सन् २०१६ मा विवाह गरेका थिए । उनीहरुको विवाहमा परिवार र नजिकका आफन्त मात्रै समावेश भएका थिए ।अमृताको पेशागत जीवनको कुरा गर्नुपर्दा उनले फिल्म ‘अब के बरस’ बाट बलिउड डेब्यू गरेकी थिइन् । यो फिल्म सन् २००२ मा रिलिज भएको थियो । फिल्ममा उनले आर्य बब्बरसँग काम गरेकी थिइन् । यसबाहेक अमृताले साउथका थुप्रै फिल्ममा पनि काम गरिसकेकी छिन् । इश्क–विश्क र विवाहमा अमृता राव र शाहिद कपुरको जोडी अत्यधिक रुचाइएको थियो ।

अमृता अन्तिम पटक बाल ठाकरेको आत्मवृत्तान्तमा देखिएकी थिइन् । साे फिल्ममा उनले बाल ठाकरेकी श्रीमती मिना ठाकरेको भूमिका निभाएकी थिइन् । फिल्ममा उनले नवाजुद्दीन सिद्दीकीसँग स्क्रिन सेयर गरेकी थिइन् ।

Related Articles

Back to top button
Close