International

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

काठमाडौं – विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । रोनाल्डोमा कोरोनाको कुनै लक्षण नदेखिएको पिएफएफले जनाएको छ । उनी अब होम आइशोलेशनमा बस्ने बताइएको छ । कोरोना पुष्टि भएका कारण अब उनले नेसन्स लिगअन्तर्गत बिहीबार हुने स्वीडेनसँगको खेल गुमाउने बताइएको छ । यसअघि जमैकाका धावक उसेन बोल्ट लगायतका खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

Related Articles

Back to top button
Close