बिहे गरेको २ महिनामै म’र्नु पर्ने के आइपर्यो पुष्पलाई ? श्रीमानकै हात छ त ? आयो यस्तो वास्तविकता (भिडियो सहित)
काठमाडौँ : सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ बर्षिया पुष्पा भुजेलको मृ’त्युको घ’टना थप रहस्यमय बन्दै गएको छ । गत असोज १६ गते आफ्नै घरमा सलको पा’सो लगाई आ’त्मह’त्या गरेकी भनिएकी भुजेलको श’वसमेत माईती पक्षलाई हेर्न नदिई ज’लाएपछि घ’टनाले अर्कै मोड लिएको छ ।
परिवार र आफन्तले उनको मृ’त्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको माग समेत गरेका छन् । उनले आ’त्मह’त्या गरेको परिवारका सदस्यले बताइरहेका बेला युवतीकी आमा सुशिला भुजेलले पुष्पाको ह’त्या नै भएको बताएकी छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
चियाबारीका गोपी थापासँग भा’गेर प्रेम बिबाह गरेकी पुष्पाको ह’त्या किन गरियो भन्ने बारेमा निष्पक्ष छानबिन गरि न्यायको माग गरेकी छिन् । भागी बिवाह गरेकी पुष्पाले आमासँग कुरा गर्दा घर आउन मन लाग्ने, आमाको धेरै माया लाग्ने र धेरै याद आउने बताएको आमा सुशिला भुजेलले बताईन् ।
मृतक पुष्पाका जेठा दाई जीवन भुजेलले पनि बहिनिको ह’त्या नै भएको दाबि गरेका छन् । मृ’तक पुष्पा झुण्डिएको सल लाइटर लगाएर ड’डाइएको र यस्तो प्रकृतिको घ’टना आ’त्मह’त्या हुन नसक्ने उनको भनाई छ।
घ’टनास्थलमा मु’चुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घ’टना शं’कास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको श’व अस्पतालसम्म ल्याउन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा कि’टानी जा’हेरी दिँदा प्रहरीले नै जाहेरी नलिएको जीवनले बताए।
जा’हेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जा’हेरी नलेख्न द’वाब आएको उनको भनाई छ। आफ्नी बहिनि हिम्मतिली भएको र उनले आ’त्मह’त्या गरेको भन्नेमा आफुलाई बिश्वास नलागेको उनले बताए । यो घ’टनालाई निश्पक्ष रुपमा छानवीन गरी दो’षीमाथि का’रबाही गर्न माग गरेका छन् ।
हेर्नुस् भिडियो :