vada
News

दोलखा केन्द्रविन्दु बनाएर देशभर भुकम्पको धक्का (अपडेट)

काठमाडौं / मंगलबार राति काठमाडौँ उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । दोलखाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यद्यपी मध्यराती भएकाले यसबाट भएको क्षतीको थप बिवरण आउन बाँकी रहेको छ ।

काठमान्डौमा भर्खरै भूकम्पको धक्का महसुश भएको छ ।भूकम्पको धक्का निकै ठुलो महशुस गरिएको छ ।भुकम्प कहाँ केन्द्रबिन्दु बनाएर कति रेक्टरको गयो भन्ने थप विवरण आउँन बाकि छ ।

११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।भूकम्पको धक्का काठमान्डौ , भक्तपुर , ललितपुर , सिन्धुपाल्चोक, धादिंग , तनहु , चितवनलगायत देशका अन्य जिल्लाहरु मा पनि महशुश गरिएको छ ।मध्यरातमा भुकम्पको धक्काले महशुश भएपछी धेरै मानिसहरु घरबाहिर निक्लिएका छन

Related Articles

Back to top button