News
पल शाहले दिनदुखिलाई आफ्नै हातले खाना बाडेर खुवाए ( हेर्नुस् तस्बिर )
काठमाडौं / विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले जारी गरेको लकडाउनमा समस्या परेकालाई नायक तथा मोडेल पल शाहले घर घरमा पुगेर खाद्यान्ना राहत वितरण गरेका थिए ।
लकडाउनमा समस्या परेका चलचित्र प्राविधिक परिवारलाई पाँच लाख बराबरको राहत बाडेर बसेका पल शाहले फेरि आज काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा पुगेर खाना बाडेका छन् ।
आफूले खाना बाड्न पाउँदा खुशी लागेको बतमउँदै यस्तो लेखेका छन् : आज भक्तपुरको पुरानो ठिमी चोक, भक्तपुर क्यान्सर अस्पताल र सुर्यबिनायक चोकमा रहनु भएकाहरुलाई खाना खुवाउन पाउदा अति नै खुशी लागेको छ !मानव सेवा आश्रम भक्तपुर लाई धेरै धन्यबाद