Entertainment

प्रचण्डकी नातिनी स्मिताको सलोनसँग रिल बिवाह

काठमाण्डौ -प्रचण्डकी नातिनी अर्थात गायिका स्मिता दाहाल एक म्युजिक भिडियोका लागि बेहुली हुनुपरेकी छन् । उनी नायक सलोन बस्नेतको बहुलीको रुपमा देखिएकी हुन् । यस अर्थमा स्मिताले रिल बिवाह सलोनसँग गरेकी छन् ।

कोरोना महामारीले प्रत्यक्ष रूपमा फिल्म क्षेत्रलाई असर पारे पनि नेपाली गीत सङ्गीतको क्षेत्र भने निकै चलायमान छ । दैनीक आधा दर्जन बढि गीतहरुको सुटिङ उपत्यका आसपास र राजधानीमा चइरहेको छ । केही समय यता फिल्म जस्तै ठुलो लगानीमा म्युजिक भिडियोहरू बन्न थालेका छन् ।

फिल्ममा जमेका कलाकारको आकर्षण पनि भिडियोमा बढ्दो छ । दयाहाङराई, पल शाह, पुष्प खड्का, स्वस्तिमा खड्का, आँचल शर्मा, बर्षा राउत, बर्षा शिवाकोटी, प्रियंका कार्कीलगायत दर्जनौं कलाकारहरु भिडियोमा आकर्षित हुन थालेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यस्तैमा नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट नयाँ म्युजिक भिडियोको छायाङ्कन सकाएका छन् । उनी पनि विस्तारै विस्तारै भिडियोमा आकर्षित हुन थालेका छन् । उक्त म्युजिक भिडियोमा उनको साथमा पछिल्लो समयकी नव प्रतिभा गायिका स्मिता दाहालको अभिनय रहेको छ ।

छायाङ्कनबाट प्राप्त केही तस्बिरमा उनीहरूलाई बेहुला बेहुलीको भेषमा देदिएको हो । सार्वजनिक हुन लागेको गीतमा गायिका स्मिता दाहालको स्वर रहेको छ भने राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ ।

शिशिर खातीको निर्देशन रहेको यस गीतको भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ । भिडियोको सम्पादन बनिश शाहले गरेका छन् । मंगहो लगानीमा तयार भएको भनिएको भिडियो चाडै रिलिज गरिने सलोनले बताएका छन् । फिल्मी फण्डा बाट

Related Articles

Back to top button
Close