News
पर्साका चारजना पत्रकारलाई पनि कोरोना संक्रमण
उनीहरु पर्सा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी रहेको बुझिएको छ। रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि उनीहरुले नै स्वाब संकलन गरी परीक्षण गर्न लगाएका थिए। मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई पर्सामा सक्रिय चार पत्रकारलाई कोरोना देखिएको पुष्टि गरेका छन्। ‘हो, चारभन्दा धेरै पत्रकारलाई कोरोना देखिएको छ’, उनले थाहाखबरसँग भने, ‘मंगलबार भेटिएका सबै संक्रमितको विवरण संकलन भइरहेको छ। विस्तृत विवरण पछि भन्छौं।’
देशभर मंगलबार ५७ जनामा कोरोना पोजेटिभ देखिँदा पर्साका ३९ जना र बाराका १ जना रहेका छन्। यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।