News

नेपाललाइ अति गर्यो भारतले, नेपाली भूमिमा दिनदहाडै निर्धक्क भारतीय सेनाको हेलिकप्टर उड्यो

काठमाडौँ । भारतीय हेपाहा प्रवृत्ति र दादागिरीले हद पार गरेको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको माथिल्लो क्षेत्रमा वर्षैदेखि सरकारको उपस्थिति शून्य भएको मौका छोपेर विस्तारवादी सोचको भारतले अहिले नेपालमा कालापानी लिपुलेकस्थित रहेको अ-तिक्रमित भूमिको मुद्दा चर्किदै गर्दा भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ ।

यस अघि नै भारतले नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले सेनाको हेलिकप्टर दैनिक ५र६ पटक कालापानीमा समान पुर्‍याउन जाने आउने गरेको छ । दार्चुलाका पत्रकार भोजराज जोशीका अनुसार भारतीय सेनाको हेलिकप्टरले सोमबार नै चारपटक ओहोर-दोहोर गरेको छ । जुन कदम अन्तराष्ट्रिय कानुन विपरित हो ।

यसैबिच सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरीको बीओपी तत्काल गाउँपालिका–१ छाङरुमा राख्ने गरी सबै तयारी पूरा भएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा रक्षा, ओखेटो पहार ओसार पसार, मानव बेचबिखनलगायत गतिविधि पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्ने विश्वास लिइएको छ ।

यसै क्रममा प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उहाँहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गर्नुभयो । बैठकमा सांसदहरु बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशिला चापागाईं, थममाया थापालगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सांसदहरु प्रकाशमान सिंह, टेकबहादुर बस्नेतले कोरोनाका कारण मजदुर र निम्न वर्गका समुदाय बढी समस्यामा परेको बताउँदै समस्यामा परेकालाई उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु डा डिला सङ्ग्रौला, तेजुलाल चौधरी, दीपकप्रसाद भट्टले कोरोनाले विदेशमा निधन भएका नेपालीको शव ल्याउन र कोरोनाका कारण भारतलगायत अन्य देशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसदहरु तिलबहादुर महत क्षेत्री र दामोदर भण्डारीले कोरोना सङ्क्रमण रोक्न सरकारले चालेको कदम प्रशंसनीय भएको उल्लेख गर्दै आगामी दिनमा परीक्षणको व्यवस्था सबै जिल्लामा पु¥याउन र सिमानामा कडाइ गर्न आग्रह गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले संसद्को बर्खे अधिवेशन प्रारम्भ भएदेखि प्रधानमन्त्री संसद्मा नदेखिनुभएको बताउँदै उपस्थिति हुन नसक्नुका कारणबारे संसद्लाई जानकारी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद दुर्गा पौडेलले किसानको मनोबल बढाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटमा आँधिबेहरीले किसानका बालीनालीमा पु¥याएको क्षतिबारेमा जानकारी गराउँदै राहतको उचित व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा सांसदहरु ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नवराज सिलवाल, नारायणप्रसाद मरासिनी, निरुदेवी पाल, पदम गिरी, पार्वता डिसी चौधरी, पवित्रा निरौला खरेल, पार्वतीकुमारी बिसुन्के, पुष्पाकुमारी कर्ण कायस्थ, पुष्पा भुसाल (गौतम), पूर्णकुमारी सुवेदी, प्रकाश स्नेही (रसाइली), दुर्गाकुमारी विश्वकर्मा, दलबहादुर राना, दिल कुमारीले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा सांसदहरुले बहुआयामिक विषय उठाउनुभएको उल्लेख गर्दै सांसदका प्रश्नमा सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको थियो ।

Related Articles

Back to top button
Close