vada
News

भर्खरै विवाह गरेकी आँचलले विहेलाई ‘काँचो निर्णय’ भन्दै लेखिन् यस्तो मनछुने स्टाटस

काठमाण्डौ । नायीका आँचल शर्माले केही समय अघि मात्र विवाह गरेकी हुन् । उनको विवाह सम्पन्न भए लगत्तै मुलुकमा कोरोनाका त्रासका कारण लकडाउनको घोषणा भयो । अहिले उनी परिवारका साथमा समय विताइरहकी छन् । उनको विवाहका समयमा पनि आँचल र श्रीमान उदिप श्रेष्ठका वारेमा निकै समाचार बाहिरिए । उनीहरुका ब्यक्तिगत जिवनका विषय समाचारका माध्यम बने । तर विवाहको समयमा उनीहरुलाई त्यसको जवाफ दिने समय थिए ।

तर अहिले विस्तारै उनीहरुले आफुहरुका विषयमा आएका केही प्रश्नके जवाफ दिने गरेका छन् । नेपाली सने जगतमा आँचल शर्मालाई नचिन्ने प्राय कमै छन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नसाथ उनी एक पछि अर्को फिल्ममा अभिनय गरिन् र उनले अभिनय गरेका चलचित्रहरुले दर्शकको राम्रो माया पनि पाए । सुरुमा आँचल शर्मा पल शाहसगंको जोडिलाई दर्शकले खुबै रुचाए । पल र आँचल २ जना थुप्रै म्यूजिक भिडियो र चलचित्रमा पनि काम गरे ।

दर्शकहरुले पल र आँचलको प्रेम सम्बन्धका बारेमा विभिन्न कुरा आएपनि उनीहरु आफैले भने प्रेम स्वीकार गरेका थिएनन् । दुवै जनाले राम्रो साथी भएको प्रतिकृया दिएका थिए । तर आँचलकै विवाहमा पल नजानु र विवाहको केही दिन अघि सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गर्ने कामले उनीहरुका बारेमा अनेक अड्कलवाजी गर्ने वाटो भने उनीहरु आफैले दिए । आँचलले विवाहमा लगाएका लुगा, गहना देखि विवाहमा उनीहरुले अपनाएको शैलीका बारेमा समाचार बनिरहँदा उदिप र आँचलको ब्यक्तिगत जिवनका विषय पनि उठाइए ।

विवाह पछि पहिलो पटक दिइएको एक टेलिभिजन अन्तरवार्तामा उदिपले विवाह अघि युवतीसंग सम्बन्धमा रहेको स्वीकार गरे । त्यो कुरा आँचललाई पनि थाहा भएको बताए । उनीहरुले दुवै जनाको विगतले आफुहरुको भविष्यलाई कुनै असर नगर्ने बताइरहँदा पनि ब्यक्तिगत जिवनका विषयमा समाचार आउन भने छोडेनन् । तर उनीहरु अहिले आफ्नो वैवाहिक जिवनमा खुसी छन् भन्ने सामाजिक सञ्जालमा उनीहरुले सार्वजनिक गरेको भिडियोवाट देख्न सकिन्छ । अहिले उनीहरु सामाजिक सञ्चाल र टिकटकमा निकै सक्रिय देखिन्छन् । आँचलका दम्पत्तीले विभिन्न टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । विवाह पछि पनि आफ्ना ब्यक्तिगत विषय चर्चामा आएपछि आँचलले दर्शकहरुमा एउटा सन्देश पठाएकी छन् । सन्देश यस्तो छ ।

मलाई माया गर्ने, घृ(णा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गा(ली स्वभाविक हो, जे होस् माया मा८र्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियोहरु मन पराइ दिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडियोहरु गरिरहेको छु । चार वर्ष अघि कि(शोरावस्थामा रमाईरहेकी एउटा कि(शोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ ।

मेरो परिचयमा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बि(राउँदा बोल्न, सम्झाउन तपाईहरुलाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला । आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णयहरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेरभन्दा बढी परि८पक्व हुने कोसीस चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसैको एउटा प्रतिफल हो ।

Related Articles

Back to top button