vada
News

नेपालमा कोरोना संक्रमित १९१ पुग्यो , आज थपिए ५७ जना

काठमाडौँ , ३० वैशाख– नेपालमा कोरोना भाइरस (कोभिड–१९) का ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

वीरगञ्ज र कपिलवस्तुमा मंगलबार एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् । यद्यपि त्यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रायले हालसम्म औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।संक्रमितको संख्या १ सय ९४ पुगेको छ भने ३३ जना उपचार पछि घरफिर्ता भएका छन् ।

Related Articles

Back to top button
Close