vada
Video

५ दिन पानीमा चिउरा भिजाएर खाएका भाईलाई सहयोगको ओईरो । शिशिर भण्डारीलाई माया गर्दै भने-‘म ठुलो भएपछि हजुर जस्तै बन्छु’ (भिडियो हेर्नुस)

(शिशिर भण्डारी) कत्ति खुशीको भिडियो । केहि दिनअघि मलाई राती राती रुदै फोन गरेर ‘अँकल हामीले पानीमा चिउरा भिजाएर खाएको धेरै दिन भयो, भात खान नि पाएको छैन, तपाई आईदिनुस न’ भन्ने ५ बर्षे बिकल्प गुरुङ बाबु र उनको आमाका लागि देश, बिदेशबाट यति धेरै सहयोग आयो र हामीले बिकल्प बाबुको कोठामा पुर्यायौं ।

बिकल्प जन्मिएको ३ महिनादेखि उनको बुवा हराए, अभावै अभावमा हुर्किएका उनलाई सहयोगीहरुले धेरै खाद्यान्न, खानेकुराहरु, चक्लेट र ५४ हजार ५ सय ७५ रुपैंया सहयोग पठाउनु भएको थियो । बिकल्पको खुशीको सिमा रहेन । दँग हुँदै उनले मलाई माया गरे र ‘भोली गएर अँकल जस्तै बन्छु’ भने ? सम्पुर्ण सहयोगीहरुलाई सम्मान । तर उनको आमा भने आफन्तले गाली गरे भन्दै भिडियोमा आउन मान्नु भएन । दुख लाग्यो । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close