vada
News

१४ बर्षीय चेलीको ज्यान बचाउँ सके धनले नसके स्वच्छ मनले शेयर गरि

ब्लड क्यान्सर भई हाल मृ-त्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्षा ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ बर्षिया छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी हुन् ।

१२ बर्ष अघि पति गुमाई सकेकी पुष्पालाई यतीबेला आफ्नो जिवनको एक मात्र साहारा छोरी पनि ब्लड क्यान्सर जस्तो खतरनाक रोगबाट पीडित हुँदा सहनै नसक्ने बज्रपात परेको छ । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत् एलिसाको अवस्था चिन्ता जनक रहेको र समयमा नै उपचार नगरे ज्यान जान सक्ने डाक्टरले सुझाएका छन् ।

भावुक हुँदै आमाले भनिन् उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ मनकारीको सहयोग बेगर त अब उपाय नै छैन । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको त्यसमा पनि परिवारमा आमा छोरी मात्र रहेको र दुई छाक खाना जेनतेन मजदुरी गरेर टार्ने पुष्पाले आफ्नीलाई पुर्नजीवन दिलाइदिन ।

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आग्रह गरेकी छिन् । एलिसाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले आमा पुष्पाको मोवाइल नम्बर ९८४२४३६८७३ मा सम्पर्क गर्न सकिने परिवारजनले जनाएका छन् । सके धनले नसके स्वच्छ मनले शेयर गरि यी बालिकाको ज्यान बचाउँ । हाम्रो दमक डटकम बाट साभार ।

Related Articles

Back to top button
Close