vada
News

आशाको किरण !! ६ महिने बच्चीको कोरोना माथि जित !!

हालै भारतको गुजरातमा एक बच्चीले कोरोना भाइरस माथि जितेको शुभ समाचार टाइम अफ इन्डियामा छापिएको छ । भारत कोरोना भाइरस माहामारीबाट ठुलो सङ्कट सहित सामना गरिरहेको अवस्थामा यस बच्चीको निको हुनु एक आशाको किरणको रुपमा लिइएको छ ।

लाखौ मान्छेमा देखिएको कोरोना भाइरस संक्रमणले लाखौ मानिसको ज्यान लिइसकेको छ ।सामाजिक सञ्जाल ट्वीटरमा उक्त बच्चाको तस्बिर र भिडियो, डाक्टरसंगै रमाउदै गरेको तस्बिर , भिडियो भाइरल भैरहेको छ ।

सामाजिक सञ्जालमा स्वस्थ क्षेत्रमा संलग्न पूर्ण टिमलाई आभारी ब्यक्त गरिएको छ ।आज भारतमा कोरोना भाइरसले नयाँ रुप लिइरहेको बेला निको भएको बच्चाको कारण नयाँ आशा पलाएको इंडिया टाइम्सले बाताएको छ ।

Related Articles

Back to top button
Close