vada
News

विदेशमा अलपत्र परेकालाई फर्काउन गगन थापाको माग

काठमाडौं, २९ बैशाख विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षितरुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् ।आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने प्रस्ताव छ ।यस्तै भारतबाट जोखिमपूर्ण ढंगले आउने क्रम रोक्न नेपालीलाई सीमित र निश्चित नाका खुला गरेर अलपत्र परेकाहरुलाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने कांग्रेसका तीन सांसदको प्रस्ताव छ ।

Related Articles

Back to top button