News

आँचलले आफ्नो विहेलाई ‘काँचो निर्णय’ भन्दै लेखिन् यस्तो मनछुने स्टाटस

उनको विवाह सम्पन्न भए लगत्तै मुलुकमा कोरोनाका त्रासका कारण लकडाउनको घोषणा भयो । अहिले उनी परिवारका साथमा समय विताइरहकी छन् । उनको विवाहका समयमा पनि आँचल र श्रीमान उदिप श्रेष्ठका वारेमा निकै समाचार बाहिरिए । उनीहरुका ब्यक्तिगत जिवनका विषय समाचारका माध्यम बने । तर विवाहको समयमा उनीहरुलाई त्यसको जवाफ दिने समय थिए । तर अहिले विस्तारै उनीहरुले आफुहरुका विषयमा आएका केही प्रश्नके जवाफ दिने गरेका छन् । नेपाली सने जगतमा आँचल शर्मालाई नचिन्ने प्राय कमै छन् ।

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नसाथ उनी एक पछि अर्को फिल्ममा अभिनय गरिन् र उनले अभिनय गरेका चलचित्रहरुले दर्शकको राम्रो माया पनि पाए । सुरुमा आँचल शर्मा पल शाहसगंको जोडिलाई दर्शकले खुबै रुचाए । पल र आँचल २ जना थुप्रै म्यूजिक भिडियो र चलचित्रमा पनि काम गरे । विवाह पछि पहिलो पटक दिइएको एक टेलिभिजन अन्तरवार्तामा उदिपले विवाह अघि युवतीसंग सम्बन्धमा रहेको स्वीकार गरे ।

आँचलले विवाहमा लगाएका लुगा, गहना देखि विवाहमा उनीहरुले अपनाएको शैलीका बारेमा समाचार बनिरहँदा उदिप र आँचलको ब्यक्तिगत जिवनका विषय पनि उठाइए । उनीहरुले दुवै जनाको विगतले आफुहरुको भविष्यलाई कुनै असर नगर्ने बताइरहँदा पनि ब्यक्तिगत जिवनका विषयमा समाचार आउन भने छोडेनन् । तर उनीहरु अहिले आफ्नो वैवाहिक जिवनमा खुसी छन् भन्ने सामाजिक सञ्जालमा उनीहरुले सार्वजनिक गरेको भिडियोवाट देख्न सकिन्छ ।

मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियोहरु मन पराइ दिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडियोहरु गरिरहेको छु । चार वर्ष अघि किशोरावस्थामा रमाईरहेकी एउटा किशोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ । मलाई माया गर्ने, घृणा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गाली स्वभाविक हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु ।

Related Articles

Back to top button
Close