vada
News

कतारमा आज थप ११ सय ३ जनामा देखियो कोरोना भाइरस

दोहा। कतारमा पछिल्लो २४ घण्टाको अवधिमा ११ सय ३ जनामा कोरोना भाइरस देखिएको छ। कतार सामाजिक स्वास्थ्य मन्त्रालयले आज जारी गरेको रिपोर्ट अनुसार पछिल्ल्लो २४ घण्टाको अवधिमा कुल ८७ जना कोरोनाका विरामी निको भएका छन्। यो सँगै कतारमा कोरोना भाइरसबाट जित हाँसिल गर्नेको संख्या २ हजार ८ सय ४० पुगेको छ।

कतारमा हालसम्म २३ हजार ६ सय २३ जनामा कोरोना भाइरस पुष्टि भाइसकेको छ। संक्रमित मध्य २० हजार ७ सय ६९ जना हाल उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै कुल ३ हजार २ सय ७५ जनामा कोरोना परिक्षण गरेको थियो। यससंगै कतारमा हालसम्म १ लाख ३१ हजार ४४ जनामा कोरोना परिक्षण गरिएको छ।

Related Articles

Back to top button
Close