vada
News

आज चर्चित हाँस्यकलाकार मनोज गजुरेलको जन्मदिन

काठमाडौ, बैशाख २९ / आज चर्चित हास्यव्यङ्ग्य कलाकार र मनोज गजुरेलको आज जन्मदिन परेको छ । आज अर्थात बैशाख २९ गते सोमबार उनको जन्म दिन परेको हो । उनको जन्म दिनमा बिहानैदेखि शुभकामना दिनेको आइरो लागेको छ । बैशाख २९ गते ताप्लेजुङमा जन्मेका नेपालका चर्चित हास्यव्यङ्ग्य कलाकारको रुपमा परिचित रहेका छन् ।

यसरी वाहवाही कमाउनमा उनी आफ्नो प्रस्तुतिमा हास्यव्यङ्ग्य मात्र हैन बौद्धिकतासमेत मिसाउछन्। यसैले उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ।

विद्यार्थी राजनीतिबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका मनोज गजुरेल पिता स्व भवानीप्रसाद गजुरेल र माता इन्द्रमाया गजुरेलको कोखबाट ताप्लेजुङ जिल्लाको मामाङ्खे गाउँमा कान्छो छोराको रूपमा जन्मिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुबहु नक्कल गरेर पनि चर्चामा आएका थिए । अमेरिकी अनलाइन सीबिएस न्युजले समेत उनलाई विश्वका १८ कमेडियनको सूचीमा राखेको छ।

Related Articles

Back to top button