News

काठमाडाैंबाट संखुवासभा पुगेकी महिलाकाे आरडिटी पाेजेटिभ

संखुवासभा : चैनपुर नगरपालिका १ नुनढाकीमा ३० वर्षीया एक महिलामा काेराेना परीक्षणा गर्दा आरडिटी पाेजेटिभ देखिएकाे छ। चैनपुर नगरपालिका–१ नुनढाकीको क्वारेन्टाइनमा बसेकी उनकाे परीक्षण आइतबार (आज) गर्दा पाेजेटिभ देखिएकाे स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए।

उनकाे थ्रेट स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रवक्ता श्रेष्ठले बताए। उनी १४ दिनअघि काठमाडाै‌बाट बस चढेर संखुवासभा आएकी हुन्।उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिपोर्ट नआएसम्म क्वारेन्टाइनमै राखिने स्वास्थ्य कार्यालयले जनाएको छ। संखुवासभामा यसअघि दुई जनाको स्वाब परीक्षण हुँदा रिपोर्ट नेगेटिभ आएको थियो।

Related Articles

Back to top button
Close