Video

दोस्रो पटक चामलको बोरा बोकेर सहयोग गर्न दुखीहरुको घर घरमा पुगे पल शाह (भिडियो )

काठमाडौं / केही समय अघि सहयोगको घोषणा गरेका नायक पल शाह अहिले राहत सामग्री लिएर दोस्रोपटक प्राविधिक , कोरोस डान्सर र दुखी पीडितको घर घरमा पुगेका छन् । उनले चलचित्र प्राविधिकहरुलाई ५ लाख रुपैया बराबरको सहयोग गर्ने घोषणा गरेका थिए ।

सरकारले लामो समय देखि लकडाउन घोषणा गरेपछि दैनिक ज्याला मजदुरी गरेर खानेहरु अहिले समस्याम परेका छन् । चलचित्र प्राविधिकहरु पनि ज्याला मजदुरी गरेर खाने वर्गमै पर्छन । कोरोना फैलन नदिन सरकारले लकडाउनको घोषणा गरेको हो । जसका कारण सर्वसाधारण घरवाट वाहिर निस्कन पाएका छैनन् ।

दैनिक काम गर्नुपर्ने मजदुरहरुको काम पनि खोसिएको छ । जसका कारण आम्दानी छैन । यस्तो अवस्थामा केही कलाकारहरुले पनि राहतको घोषणा गरेका छन् ।

केही दिन अघि नायीका पुजा शर्मा राहत सामग्री लिएर प्राविधिकहरुको घर घरमा पुगेकी थिइन् । त्यसैगरी आफुले घोषणा गरेको राहत सामग्री लिएर पल शाह पनि प्राविधिकहरुको घरमा पुगेका हुन् ।

भिडियो हेरौ :

लकडाउनको अवस्थामा दैनिक गुजारा गर्न नसक्ने चलचित्रका प्राविधिकहरुको सहयोगका लागि ५ लाख आर्थिक सहयोग दिने घोषणा गरेका थिए । उनको यो घोषणा संगै सामाजिक सञ्जाल र समाचारहरुमा निकै प्रशंसा भयो ।

नायक पल शाहले पनि सामाजिक सञ्जाल मार्फत नै यो कुराको घोषणा गरेका थिए । उनको यो घोषणासंगै तारिफका कमेन्ट उनकै सामाजिक सञ्जालमा भरिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिकलाई सहयोग गर्ने बताए ।

उनी चाहन्थे आफ्नो यो सुरुवाती प्रयास पछि अन्य चलचित्रकर्मीहरुले पनि सहयोगका हात बढाउनेछन् । त्यसैले आफुले यस्तो घोषणा गरेको उनले बताएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि दिनहुं काम गरेर खाने ज्याला मजदुरहरु वेखर्ची भएका छन् ।

त्यस्ता ब्यक्तिलाई सहयोग गर्न सरकारले आर्थिक सहयोग कोष पनि स्थापना गरेको छ । तर नायक शाहले त्यो सहयोग आफै दिने बताएका छन् । आफुले दिएको सहयोग रकम सम्बन्धीत प्राविधिक कर्मचारीकै हातमा पुगोस् भन्ने उनी चाहन्छन् ।

चलचित्रका गतिविधि शून्य भएकाले उनीहरुको आम्दानी स्रोत बन्द भएको छ । यही स्थितिलाई हेरेर सहयोगका लागि पल उत्प्रेरित भएका हुन् । आफूले पनि अभावका दिनहरु भोगेर आएकाले उनीहरुको पनि दुख आफुले बुझेकाले सहयोग गर्ने घोषणा गरेको जनाएका छन् । उनले भने, ‘मेरो संघर्षको समयमा धेरै दुख भोगेको छु । त्यसैले अरुको दुःखमा मेरो मन दुख्छ ।’

Related Articles

Back to top button
Close