vada
News

एकै दिन कोरोनाका कारण टिचिङ अस्पतालमा चार जनाको मृत्यु

काठमाडौं-कोरोनाका कारण काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको छ ।मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष छन्। त्यस्तै सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष रहेका छन् ।
काठमाडौंका ५९ वर्षीय पुरुष गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए ।

उनको गए राति सवा ११ बजे मृत्यु भएको हो।जो ए। मधुमेहका समेत रोगी रहेको बताइएको छ ।काठमाडौंकै अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको र उनको किड्नी फेलभएको बताइएको छ । काठमाडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो।सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु भएको छ मृतक चार जनाकै अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

Related Articles

Back to top button
Close