News

भारतले सिमा मिचेको समाचार आएपछि मात्र चासो देखाउने सरकारी चलनको अन्त्य हुनुपर्छः नेतृ शाक्य

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थाई समिति सदस्य एवं पुर्वमन्त्री अष्टलक्ष्मि शाक्यले पटक पटक भारतले गर्दै आएको हस्तक्षेपप्रति आपत्ति जनाएकी छन् । उनले भारतले नेपाललाई देखाएको हेपाहा प्रवृति तत्कालै रोक्नु पर्ने बताएकी छन् ।

शाक्यले पछिल्लो समय भारतले लिपुलेक हुँदै मानसरोवरसम्म गरेको सडक विस्तारको विषयलाई लिएर नेपालको भुमि मिचेको भन्दै भारतलाई कसैको मातृभुमि मिच्ने अधिकार नभएको बताएकी छन् । ताजाखबरसंग कुराकानी गर्दै भारत र नेपालको सिमाको बिबादलाई नेपाल सरकारले सदाकालागी अन्त्य गर्नु पर्ने बताउँदै शाक्यले यसकालागी नेपाल सरकारले कुटनीतिक कदम चालेर तुरुन्तै सिमा समस्या समाधान गरिहाल्नु पर्ने धारणा राखेकी छन् ।

नेतृ शाक्यले भारतले नेपालको सिमा मिचेको समाचार बाहिरींदा मात्रै त्यसमा नेपाल सरकारले चासो देखाउने त्यसपछि सेलाउने काम भएकोले पनि भारतले नेपाललाई हेपेको बताईन् । ‘भारतले नेपाललाई यसरी हेप्दै आएको यो हिजो आजको कुरा होईन । यो त हाम्रो बाउबाजेहरुको पालादेखिकै कुरा हो । तर उतिबेला हाम्रा पुर्खाहरुले सिमा मिच्नेहरुसंग गरेको युद्ध र यतिबेला हामीले गरेको कुटनीतिक वार्तामा आकाश जमिनको फरक छ ।’ शाक्य भन्छिन् ।

शनिबार भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडकको उदघाटन गरेको समाचार बाहिरिएसंगै नेपाल सरकारले त्यस विषयमा चासो जनाएको छ । नेपाल सरकारले जनाएको चासोप्रति नेतृ शाक्यले त्यस कुराको सरहाना गरेकी छन् । उनले भनिन्,‘जानकारी पाउनासाथ नेपाल सरकारले देखाएको चासोको सम्मान गर्नु पर्छ । तर सधैं सिमा बिबादको कुरा मिडियाहरुले सार्वजनीक गरेपछि मात्रै नेपाल सरकारले आफ्नो अभिव्यक्ति सार्वजनीक गर्नु देश र जनताकोलागी भने पक्कै राम्रो कुरा होईन ।’

नेपाल सरकारको लापरवाहीकै कारण भारतले मानसरोवसम्म सडक बिस्तार गरेको हो भन्दै सरकारको बिरोध गर्नु अहिलेको परिप्रेक्षमा उचित नभएको उनले बताईन् । उनले यस विषयमा नेपाल सरकारलाई दोषि ठह¥याउन आवश्यक नभएको भन्दै उतिबेलैदेखि भएको सन्धि सम्झौताको विषयले अहिले पनि निरन्तरता पाईरहेको शाक्यले प्रष्टाएकी छन् ।

पुर्खाको पालादेखि भारतले गर्दैको आएको नेपालको सिमा अतिक्रमण बिबादलाई अहिलेको नेपाल सरकारले उच्च स्तरिय संयन्त्र बनाउँदै कुटनीति वार्ताबाट नै सधैंकोलागी समस्या समाधान गर्नु पर्ने बताएकी छन् ।

Related Articles

Back to top button
Close