vada
News

लकडाउन नखुलेसम्म मैले उहाँहरूलाई सहयोग गर्नेछु : बल्छी धुर्बे

कोरोना महामारी रोक्न गरिएको लकडाउनले निम्न आय श्रोत भएका परिवारमा निकै समस्या पर्न थालेको छ । लकडाउनको चार हप्ता बित्नै लाग्दा दैनिक काम गरेर गुजारा चलाउने परिवार भोकै पर्ने स्थिति आउन लागिसकेको छ । यसै समस्यालाई बुझ्दै विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । यस अप्ठेरो समयमा कसैले भोकै बस्न नपरोस् भन्दै कलाकारहरूले पनि आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् ।

यसै अभियानलाई साथ दिँदै कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे ’ले एक मजदुर परिवारलाई सहयोग गरेका छन् । विगत १० वर्षदेखि काठमाडौँमा ज्याला मजदुरी गर्दै आइरहेका परिवारलाई खाद्यान्न लगायत सामाग्री सहयोग गरेका हुन् । दुई सन्तान र प्यारालाइसिस भएकी श्रीमतीसँग बस्दै आएका मधुधन राईलाई उनले श्रेष्ठले राईकै डेरामा पुगेर सहयोग गरेका हुन् । राई एक्लैले परिवार धानिरहेका थिए । तर, अहिले काम रोकिएपछि उनलाई सङ्कट आइपरेको थियो ।

बल्छीले जबसम्म लकडाउन खुल्दैन तबसम्म उनीहरूको सम्पूर्ण खर्च हेरिदिने बताएका छन् । उनले ‘यो लकडाउन दुई महिना होस् वा १ वर्ष नै होस्, उहाँहरूको आय श्रोत नखुलेसम्म मैले उहाँहरूलाई सहयोग गर्नेछु ।’ भनेका छन् ।

Related Articles

Back to top button