News

सिंहदरबार गेट अगाडि प्रहरीलाई मु’क्का हा’न्ने भिभो मोबाइल कम्पनीका कन्ट्री म्यानेजर

काठमाडौं । लकडाउन उलंघन गर्दै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेट अगाडि आफ्नो देश फर्कन पाउनुपर्ने भन्दै प्रदर्शनका क्रममा प्रहरीमाथि कु’टपि’ट गर्दा पक्राउ परेका चिनियाँहरुमध्ये एकजना नेपालस्थित भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलेको छ । गेभिन नाम गरेका ती ब्यक्तिसहित करिब ५० जना चिनियाँ नागरिकले निषेधित क्षेत्र घोषित सिंहदरबार अगाडि धर्ना दिँदै प्रहरीमाथि आ’क्रमण गरेका थिए ।

चिनियाँ कम्पनी भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिक लकडाउनको समयमा प्रर्दशन गर्ने कम्रमा पक्राउ परेका परेका छन् । उनले सिंहदरबार गेटअगाडि एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए भने अन्य प्रहरीमाथि पनि जाइ लागेका थिए।

सिंहदरबार अगाडि डिएसपी हरिबहादुर बस्‍नेतसहितलाई र’गता’म्य हुने गरी कु’टपि’टमा संलग्‍न ती चिनियाँविरुद्ध अ’भद्र व्य’वहारमा मुद्दा चलाउने तयारी गरिएको हो। ३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओ लाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। अन्य दुईजनालाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। भिभोका कन्ट्री म्यानेजर गेभिन उनका साथीहरु राजधानीको लाजिम्पाटमा फ्ल्याटमा बस्दै आएको खुलेको छ।

महानगरीय प्रहरी वृत टेकुका अनुसार पक्राउ गरिएका ७० जना चिनियाँ नागरिकमध्येमा ४३ जनालाई छोडिएको छ। प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार ती चिनियाँले निषेधित क्षेत्रमा हुलहुजज्तसँगै लकडाउनको पनि उलंघन गरेका थिए।

Related Articles

Back to top button
Close