News

नेपालले देख्दैन ! लिपुलेकमा यसकारण उडिरहेका छन् भारतीय लडाकु विमान

दार्चुला । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी सैन्य अखडा बनाएको भारतले केहि दिन यता उक्त क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा बनाएको छ। नेपाली भूभागसहित मिलम क्षेत्रमा भारतीय सुरक्षा संयन्त्रहरु उच्च सर्तकतामा रहेको र चीन सीमा नजिक भारतीय लडाकु बिमानले मंगलवार र बुधवार दुई पटक उडान भरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

लिपुलेक पछि मिलम क्षेत्रमा पनि सुरक्षा बलको तैनाथी बढाइएको र लद्दाखमा चिनिया सैनिकहरुको घुसपैठ प्रयास पछि सुरक्षा संयन्त्रहरु विशेष सतर्कता अपनाइरहेको भारतीय दैनिक पत्रिका अमर उजालाले दाबी गरेको छ।

‘सीमा क्षेत्रमा गस्ती बढाइएको छ,’ उसले बिहीवार लेखेको छ,‘ हवाई मार्गबाट पनि भारतीय सेना सीमाको निगरानी गरिरहेको छ।’ बारम्बार नेपाली भूमिमा भारतिय सेनाका लडाकु विमान उडिरहेका छन् । के यो दृष्य नेपाली सरकार संयन्त्रले देखेको छैन ?

Related Articles

Back to top button
Close