News

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा १२ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि तोलामा ७ सय रुपैयाले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयामा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button
Close