News

अस्पताल भर्ना भएकाे चाैथाे दिनमा काेराेना पुष्टि, आठाैँ दिनमा मृत्यु !

चितवन, १८ भदाै । चितवनमा उपचाररत थप एक जना काेराेना संक्रमित महिलाकाे ज्यान गएकाे छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर- ११ निवासी ४० वर्षीया महिलाको उपचारकै क्रममा गएराति ज्यान गएकाे हाे ।

ती महिला यहीँ भदौ ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा भर्ना भएकाे चाैथाे दिन भदाै १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकाे आठाैँ दिन उनकाे ज्यान गएकाे हाे ।ती महिलाको मृत्यु भएसँगै चितवनमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

Related Articles

Back to top button
Close