vada
News

अब यी जिल्लामा लकडाउन, यी जिल्लामा कर्फ्यू लगाउने निर्णय

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बन्दाबन्दी र निषेधाज्ञा लागू गर्ने विषयमा आफ्नो सुझाव कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरलाई बुझाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्यले २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने र ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लगाउनुपर्ने सुझाव दिने मन्त्रालयको निर्णय रहेको जानकारी दिए ।

काठमाडौ उपत्यकाको निषेधाज्ञा एकसाता थप भएकै दिन मन्त्रालयले यस्तो सुझाव पेश गरेको हो । यसको अर्थ अब ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लगाउन सकिनेछ । २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा चाहि लकडाउन गर्न सकिनेछ । हाल काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, मोरंग, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र रुपन्देही लगायत १२ जिल्लामा ५०० बढी सक्रिय कोरोना संक्रमित छन् । स्वास्थ्यले सुझाए पनि यस विषयमा सरकारले भने कुनै निर्णय गरेको छैन ।

Related Articles

Back to top button
Close