News

को’रोना संक्रमणबाट थप १२ जनाको निधन

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा को’रोना भाइरसको सं’क्रमण वाट थप १२ जनाको नि’धन भएको छ। आज निधन हुनेहरुमा चितवनका ५५ र १८ बर्षीय २ जना महिला, काठमाडौंकी ८९ बर्षीय १ जना महिला, ललितपुरकी ७० बर्षीय १ जना महिला, तनहुँकी २० बर्षीय १ जना महिला, कपिलवस्तुकी ६० बर्षीय १ जना महिला, बाराको ९७ बर्षीय १जना पुरुष, चितवनको ६५ बर्षीय १ जना पुरुष, भक्तपुरका ४० बर्षीय १ जना पुरुष, काठमाडौं ५५ र ७० बर्षीय २ जना पुरुष, धादिङको ४७ बर्षीय १ जना पुरुष रहेका छन् । यो सँगै आज सम्म नि’धन हुनेको जामा संख्या २५१ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १२० जनामा को’रोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा को’रोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा को’रोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रिमत थपिएका छन्।

योसँगै उपत्यकामा को’रोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार ५सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाए को छ। हाल देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित छन् भने १० हजार ४९३ संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार ६१५ जना छन् । पछिल्लो २४ घण्टामा १ हजार ११२ जना संक्रमण मुक्त भएका छन् । यो सहित हालसम्म २३ हजार २९० जना निको भएका छन्

Related Articles

Back to top button
Close