News

काठमाडौं उपत्यकामा थप २ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकामा थप दुई जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको मौतिदेवी निवासी ७६ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेकी छिन् । उनीहरुको मंगलबार साँझ उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमित दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना स.क्रमणबाट मृत्यु भएका ७५ वर्षीय पुरुषमा सुगर र प्रेसरको रोग रहेको थियो ।

स्वास्थयमा समस्या आएपछि उनी भदौं १५ गते अस्पताल भर्ना भएका थिए। त्यस्तै तनहुँकी २० वर्षीया महिलाले मिर्गौलाको डायलायसिस गराउँदै आएकी थिइन् । उनीहरुको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

Related Articles

Back to top button
Close