News

कोरोनालाई जितेपछि करोडौंको गाडी किने अभिषेकले

काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् अभिषेक बच्चन । केही समयअघि कोरोनाभाइरसलाई जितेर घर फर्किएका अभिषेक अहिले व्यस्त हुन थालेका छन् ।

नयाँ फिल्मका कारण चर्चामा आइरहने अभिषेक पछिल्लो समय फरक कारणबाट चर्चामा आएका छन् । अहिले उनले किनेको कारको निकै चर्चा भइरहेको छ । भारतिय मिडियाका अनुसार उनले महँगो मूल्यको कार किनेका छन् ।

उनी सोमबार आफ्नो नयाँ कारमा देखिएका थिए । उनले करोडौं मूल्यका नयाँ कार किनेको बताइएको छ । हुनत उनको घरमा धेरै कारहरु छन् । तर उनले हालै एक नयाँ कार थप गरेका हुन् ।

उनले ३५० डि मोडलको सेतो रंगको मर्सिडिज बेंच खरिद गरेको बताइएको छ । जसको मूल्य १ करोड ३८ रुपैयाँ रहेको बताइएको छ । अभिषेकले पनि आफुले किनेको नयाँ कारको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

बच्चन परिवारमा धेरै राम्रा कारहरु छन् । उनको घरमा १२ कार रहेको बताइएको छ । यस बारे जया बच्चनले राज्यसभा बताएकी थिइन् । अमिताभ भने रोल्स रायल कार चढेर हिड्ने गर्छन् ।

Related Articles

Back to top button
Close