News

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए यति धेरै नयाँ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमण थप बढदैछ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ ४ सय ८१ संक्रमित देखिएका छन् । पछिल्लो घण्टामा काठमाडौँमा ३९३ , ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित देखिएका हुन् ।

देशभरको कुरा गर्दा नेपालमा कोरोना संक्रमितहरुको संख्या ४० हजार पार गरेको छ । आज थप एक हजार ६९ जना नयाँ संक्रमित थप भएसँगै्र संख्या ४० हजार ५२९ पुगेको छ । नेपालमा आज थप ७६८ जना निको भएका छन् । यो सँगै निको हुनेहरुको संख्या २२ हजार १७८ पुगेको छ । गएको २४ घण्टामा नेपालमा थप ११ जनाको मृत्यु भएके छ ।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या २३९ पुगेको छ । अहिले देशभर १८ हजार ११२ जना आइसोलेसनमा रहेका छन् भने ७ हजार ३९० जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म नेपालमा ७ लाख पाँ हजार ५६० जनाको कोरोना परीक्षण गरिएको छ ।

Related Articles

Back to top button
Close