News
नेपालमा पछिल्लो २४ घण्टामा मात्र थपिए १,०६९ संक्रमित
१६ भदौ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
कुल संक्रमितमध्ये हाल १८ हजार १ सय १२ वटा सक्रिय केशहरु छन् ।
आज मात्र ७ सय ६८ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।