News

क्वारेन्टाइनमा रहेकी अनिताले जुम्ल्याहा बच्चा जन्माइन्

तुलसीपुर उपमहानगरपालिकाले कोरोनाको आशंका रहेकालाई राख्नका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा वसेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।
वडा नम्वर १३ फुलबारी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी हुन् ।

अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार दुवै वच्चा स्वस्थ रहेपनि एक जनाको तौल कम रहेको छ । ‘एउटाको १.८ केजी र अर्काको १.५ केजी रहेको छ’ अधिकृत डा. पुरीले बताउनुभयो ।

बच्चाहरु शुक्रवार राति ९.१५ मा जन्मिएको पनि अस्पतालले जनाएको छ । गर्भवती यादव गत विहीवारबाट क्वारेन्टाइनमा वस्न थालेकी थिइन् । चार महिना अगाडिबाट रुपैडिहाको विलौनीमा माइतिघर रहेकी यादव विहीवार मात्रै २ दिन हिडेर घरमा आएकी थिइन् ।

भारतबाट आएको भनेर गाउँलेहरुले खवर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाको कोरोना रेस्क्यु टिमले बिहीवार राति नै क्वारेन्टाइनमा ल्याइएको जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । उनको -यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको थियो ।

यादवलाई शुक्रवार विहान १२ वजेतिर व्यथा लागेपछि प्रादेशिक अस्पतालमा ल्याइएको विपद् शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिनुभयो ।

‘जटिल अवस्था भनेपछि हामीले नेपालगञ्ज लैजाने तयारी पनि गरेका थियौ’ खत्रीले भन्नुभयो । आमा र बच्चाका अवस्था अहिले स्वस्थ रहेको छ ।

Related Articles

Back to top button
Close