News

आहा ! धुर्मुस सुन्तलीले बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

काठमाडौं । मुलुक अहिले कोरोना भाइरस महामारीले थला परेको छ । सबै क्षेत्र ठप्प छ । मुलुकका झन्डै ४५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । लामा तथा छोटा दूरीका सवारीसाधन नचलेको महिनौं बितिसक्यो । यस्तो अवस्थामा पनि चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम भने जारी छ ।

आगामी १८ महिनाभित्र रंगशाला निर्माण पूरा गर्ने गरी काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । रंगाशालाको ग्राउन्डको काम भइरहेको छ ।

अब दर्शक बस्ने प्यारापिट निर्माण र भवन बन्ने काम धमाधम भइरहेको छ । फाउन्डेसनकी संरक्षक कुञ्जना घिमिरे सुन्तलीले रंगशाला नमुना ग्राउन्ड बन्ने बताएकी छन् ।

Related Articles

Back to top button
Close