vada
News

सलाम यी सहयोगी हातहरुलाई: खुलामञ्चमा खाना खानेको यस्तो लाइन

काठमाडौं, स्वयंसेवकहरुले पहिले पशुपति, गुह्येश्वरी, स्वयम्भूलगायतका क्षेत्रमा मोटरसाइकलमा खाना पुर्‍याएर मजदुरलाई वितरण गरे पनि अहिले खुलामञ्चमा मात्र खुवाउने गरिएको छ । अहिलेसम्म देश विदेशमा रहेका शुभचिन्तक र सामाजिक अभियन्यताहरुको सहयोगमा खाना खुवाउँदै आएको एक अभियन्ता बद्रीप्रसाद ढुंगानाले जानकारी दिए ।‘हाम्रो अभियानलाई साथ दिने र सडकमा रहेका मानिसलाई माया गर्नेहरुको सहयोगबाटै अहिलेसम्म हाम्रो अभियान चलिरहेको छ’ उनले भने ‘कतिपयले हाम्रो फेसबुकको पोस्ट देखेर, कसैले जन्मदिनको उपलक्ष्यमा र कतिपयले परिवारका सदस्यहरुको तिथिको दिन पारेर पनि सहयोग गर्नुभएको छ ।’

लकडाउनका कारण कमाइ गर्न नसकेकाहरुका लागि १५५ दिनदेखि निरन्तर खाना खुवाउँदै आएको अभियानका संयोजकसमेत रहेका अंशु बताउँछन् । ‘हामीलाई भन्दा पनि कोही नभएकाहरुलाई महामारीले धेरै पिरोल्छ त्यसैले सहयोग गरिरहेका छौँ,’ यादवले भने ।को’रोना म’हामारी अन्त्य नभएसम्म खाना खुवाउने उनीहरुको योजना छ ।पहिलो चरणको लकडाउनमा दिनमा एक हजार जना भन्दा बढीले खाना खाए पनि अहिले ४ देखि ५ सयको हाराहारीमा हुने गरेका छन् । उनीहरुले स्वयंसेवक टोलीकै सदस्य अंशु यादवको वानेश्वरस्थित घरमा खाना पकाएर साढे ४ बजे खुलामञ्च लिएर जान्छन् र वितरण गर्छन् ।

Related Articles

Back to top button
Close