News

काठमाडौमा मात्र ४२९ नयाँ संक्रमित, देशभरको अवस्था यस्तो छ

काठमाडौं । नेपालमा आइतवार कोरोना संक्रमित हुने र निधन पुष्टि हुने संख्याले रेकर्ड बनाएको छ । आइतवार एकै दिन कोरोनावाट १४ जनाको निधन पुष्टि भएको छ । संक्रमितको संख्या पनि १२ सय २१ जना छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७२ जनामा कोरोना पुष्टि भएको छ। यसैगरी ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म उपत्यकामा ५ हजार ५०९ जना संक्रमित पुगेका छन्।

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना,पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, झक्तपुरका ४५ जना, मकवानपुरका ९ जना, रामेछापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, बाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कंचनपुरका एक जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जना, कोरोना पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close