News
कोरोना संक्रमणबाट रौतहटका ३० वर्षीय युवकको मृत्यु
१४ भदौ, जनकपुरधाम ।
रौतहटका एक ३० वर्षीय युवकको कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु भएको छ ।
वीरगन्ज हेल्थ केयरमा भर्ना गर्ने क्रममा उनको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको कोभिड अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
उनलाई गत बिहीबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । लगत्तै स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई वीरगन्ज हेल्थ केयरमा रिफर गरिएको थियो ।
मृतक युवकको शव अस्पतालमै राखिएको छ र नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।