News

कोरोना भाइरस हल्ला गरिएकोजस्तो महामारी होईन : डा.रवीन्द्र पाण्डे [प्रमाणसहित]

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरस (कोभिड–१९) लाई लिएर अहिले अनेक भ्रम फैलने क्रम रोकिएको छैन । नेपालमा पनि यस्को असर देखिएको छ । यो बीचमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना बिरालोजस्तो भए पनि यस्लाई बाघ बनाउन खोजेको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ,‘अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने उनीहरुको निष्कर्ष ले आम जनमानसमामा त्रास उत्पन्न भएको छ ।’ उहाँले थप लेख्नु भएको छ, ‘एउटा अध्येताको नाताले म दावी गर्दछु कि–त्यो अनुमान १०० प्रतिशत गलत हो । उक्त अध्ययनमा प्रकाशित संक्रमित एवम मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।’

डा. पाण्डेले जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सहि नभएको खुलासा गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘महामारीको समय यी र यस्ता अनेकौं हल्ना र भ्रम आइरहेका छन् । कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्नुहुन म बिनम्र अनुरोध गर्दछु ।’

अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात डिसेम्बरसम्म ८१ % नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय…

Gepostet von Dr. Rabindra Pandey am Freitag, 28. August 2020

Related Articles

Back to top button
Close