vada
News

काठमाडौं उपत्यकामा थप २ महिलाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गइरहेको छ । यस्तै ललितपुरको पाटन अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिला रहेकी छिन् । उनीहरुको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको जनाइएको छ ।

उनी गएको साउन ३० गते अस्पताल भर्ना भएकी थिइन् । त्यस्तै भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो । दूई महिलाको कोरोना स.क्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ हरेको छ ।

Related Articles

Back to top button
Close