News

आफ्नै आमाले वि’ष खुवाउँदा ८ महिने शिशुको मृत्यु, आमा सिकिस्त

कैलाली । कैलालीको पुनर्बास नगरपालिका– १ गणेश बस्तीमा आफ्नै आमाले वि ष खु’वाउँदा ८ महिने शिशुको ज्यान गएको छ । २४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत स ल्फास नामक वि षादी से वन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ‘आमाले आफूसँगै शिशुलाई पनि वि ष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने ‘आमा बाँचिन्, शिशुको निधन भयो ।’

निर्मला अहिले धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन् । उनको होश अझैसम्म खुलेको छैन । तर, स्वास्थ्यमा केही सुधार आएको प्रहरीको भनाइ छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने ‘उनको स्वास्थ्यमा सुधार आएलगत्तै शिशुलाई पनि किन वि ष खुवाइन् भन्नेबारे हामी सोधपुछ गर्नेछौं ।’

यो पनि : सङ्क्रमित बढेपछि एक साता निषेधाज्ञा

कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयोबताए ।

Related Articles

Back to top button
Close