News

नेपाल आइडल सिजन–३ को उपाधि चुम्दै सज्जा चौलागाईले पाइन् ५० लाख नगद

काठमाडौं । नेपाल आइडलको तेस्रो सिजनको उपाधि सज्जा चौलागाईंले चुम्न सफल भएकी छिन् । मोरङ पथरीकी सज्जाले महोत्तरी बर्दिबासका किरणकुमार भुजेल र बर्दिया राजापुरका प्रवीण नेपाललाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् ।

गएराती सम्पन्न ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले चुम्न सफल भएका छन् ।

विश्भरका दर्शकले दिएको भोटको आधारमा यो निर्णय गरिएको अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।

नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्ने भएका छन्।

Related Articles

Back to top button
Close