News

नेपाल आइडल सिजन – ३ का एक सदस्यलाई कोरोना संक्रमण, सबै आइसोलेसनमा

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलको तेश्रो सिजनका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । नेपाल आइडल ३ को निर्माण टोलीमा एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि फाइनल कार्यक्रम पछिका अन्य कार्यक्रम स्थगित गरिएको जनाइएको छ । उक्त फाइनल कार्यक्रम हुँदाहुँदै एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको सुचना प्रसारण गरिएको थियो।

कोरोना संक्रमण देखिने पुरुष या महिला खुलाइएको छैन । एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल आइडल ३ का प्रतिस्पर्धि तथा जजहरु सबै सेल्फ आइसोलेसनमा बस्ने बताइएको छ । नेपाल आइडलको तेश्रो सिजनको विजेता सज्जा चौलागाई बनेकी छिन्। फिनालेमा प्रविन बेडवाल र किरण भुजेललाई पराजित गर्दै सज्जा विजेता बनेकी हुन् ।सज्जाले ‘नेपाल आइडल–३ु को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यसैगरी फस्ट रनरअप प्रबिन बेडुवाल र सेकेन्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।

Related Articles

Back to top button
Close