vada
News

अनुहारको दाग-धब्बाले लज्जित हुनु परेको छ ? यसरी हटाउनुहोस्

सुन्दर तथा आर्कषक अनुहार कसको राजाईमा नपर्ला र ? अनुहारमा आएको दाग धब्बाका कारण हामी मध्ये धेरै जना लज्जित हुनु परेको होला । दाग धब्बा हटाउनका लागि बिभिन्न महंगो केमीकल युक्त शौन्दर्य सामाग्रीको प्रयोग पनि गरिरहेका छौँ होला। तर यस्ता सामाग्रीको प्रयोगले अनुहारको शुन्दरता बढ्नुको साटो झनै हराएर जाने गर्दछ।

हामी यहाँ यस्तो घरेलु बिधिका बारेमा चर्चा गर्दैछौँ । जसको प्रयोग एक दिन बिराएर लगातार एक महिना सम्म गर्दा अनुहारको दाग धब्बा हटाई चम्कीलो बन्न सहयोगी हुनेछ। आउनुहोस् जानौँ के हो त्यो उपाय ?

१) आलु र कागती

एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाई पिस्ने र आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाउने अब यो मिश्रणलाई फेशवासले धोएको सुक्खा अनुहारमा बिशेष गरी दाग भएको एरीया लगायत अनुहार भरी लगाएर २० मीनेट राख्ने अनि सफा मनतातो पानीले धुने ।

२) आलु र काँक्रो

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई पिस्ने र पिसिएको मिश्रणलाई दाग भएको ठाउँ तथा अनुहार भरी लगाउने यसलाई २५ मिनेटसम्म त्यसै छाड्ने अनी सफा मनतातो पानीले धुने।

३) आलु र गोलभेंडा

काँचो आलुलाई ताछेर पिस्ने पिसिएको आलुमा पाकेको गोलभेंडाको रस निचोरेर पेष्ट बनाउने अनि माथि बताइृएअनुसार अनुहार भरी लगाएर २५ मिनेट छाड्ने र चिसो पानिले मुख धुने ।गोलभेंडाको अमिलोले दाग हटाउन तथा चमक ल्याउन महत्व राख्छ।

Related Articles

Back to top button
Close