News

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार ह्वात्तै बढेको सुनको मूल्य शुक्रबार तोलामा सात सयले घटेको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सात सयले घटेर ९६ हजार नौ सय कायम भएको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।

Related Articles

Back to top button
Close