Video

पल शाह र पूजा शर्माको ‘पहिलोपल्ट भेट हुँदा’ ( भिडियो हेर्नुहोस् )

काठमाडौं ११ भदौ / नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका रचना रिमाल र सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक गरिएको छ ।

विहीबार गज्जब टिभी युट्यूब च्यानलमार्फत् पहिलो पल्ट भेट हुँदा’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश थपलियाको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायाङकन गरेका हुन् ।

अन्य समाचार: रियालिटी शो ‘नेपाल आइडल’ को सिजन ३ को फाइनल नजिकै आएको छ । कोरोना महामारीले गर्दा रोकिएको नेपाल आइडलको तेस्रो सिजनको लागी उत्कृष्ट ३ प्रतिस्पर्धी छानिएका छन् ।

झन्डै ८ महिना अघि सुरु भएको नेपाल आइडल सिजन ३ ले गत चैत्र महिनामा नै आफ्नो नयाँ आइडल पाइसक्नु पर्ने हो तर जारी गरिएको लकडाउन र कोरोना महामारीको कारण कार्यक्रम नै स्थगित भएको थियो ।

लकडाउन केही खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको आइडलको फाइनल अब भने नजिकिएको छ । नेपाल आइडल टिमले अर्को साता यसको फाइनल हुने बताएको छ । यो सिजनको टप ३ मा महोत्तरी बर्दिबासका किरण भुजेल,मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण भेटवाल रहेका छन् ।

तीनै जना प्रतिस्पर्धी आफैमा उत्कृष्ट भएकै कारण यो फाइनल निकै रोचक र कठिन हुने देखिन्छ । किरण भुजेलले आइडलमा पहिलो पटक ‘वाइल्ड कार्ड’ बाट प्रवेश गरेर उत्कृष्ट ३ को यात्रा सुनिश्चित गरेका हुन् । सिजन ३ को अर्की दाबेदार सज्जा चौलागाँई बलियो प्रतिस्पर्धी हुन् । यस पटकको आइडलको उपाधि उनले पाउन सक्ने सम्भावना भएको बताइन्छ ।

साथमा अर्का बलिया प्रतिस्पर्धी प्रवीण भेटवाल शास्त्रीय सङ्गीतमा विशेष दक्खल राख्छन् । क्लासिकल तथा आधुनिक गीत गाउन माहिर प्रवीण पनि आइडल बन्ने दाबेदार प्रतिस्पर्धी हुन् ।

यी तीन उत्कृष्ट प्रतिस्पर्धी मध्य कसले आइडलको उपाधि हात पार्ने हो त्यो हेर्न भदौ १२ गतेसम्म कुर्नु पर्ने भएको छ ।

Related Articles

Back to top button
Close