vada
News

झापाका ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

१२ भदौ, झापा ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार राति ११ वजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । कमल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि मिर्गौलाका बिरामीसमेत रहेका ती पुरुष संक्रमित भएका थिए ।मृतकको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएकोमा उनको मेची प्रादेशिक अस्पतालको आइसोलसेनमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close