News

काठमाडौं उपत्यकामा फेरि थप एक जनाको कोरोनाबाट मृ,त्यु

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या बढ्दै गइरहेको छ । बिहिबार दिउँसो पनि काठमाडौं उपत्यकामा थप एक जनाको कोरोना संक्रमणबाट मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा ललितपुरको धापाखेलका ७२ वर्षीय वृद्ध रहेका छन् ।

उनको आज दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको हो । स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । मंगलबार नै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

मृतक वृद्धमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ । उनको कोरोना संक्रमणबाट मृ,त्यु भएको बारे स्वास्थय मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । यस्तै आज नै ललितपुरकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृ,त्यु भएको थियो । उनको आज बिहान ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचारको क्रममा मृ,त्यु भएको थियो ।

Related Articles

Back to top button
Close