Video

कुलमान घिसिङको समर्थनमा पहिलोपटक बोले डा. महावीर पुन ( भिडियो हेर्नुहोस् )

काठमाडौं ११ भदौ / पछिल्लो समय सामाजिक सञ्जाल उज्यालोमय बनेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिन केही दपन बाकि भएकाले फेरि पनि विद्युत प्राधिकरण कार्यकारी प्रमुखमा घिसिङलाई नियुक्ति गर्नु पर्ने माग बढेको छ ।

तर, यस बिषयमा सरकारले भने अहिलेसम्म कुनै किसिमको जवाफ दिएको छैन । २०७३ साल भदौ २९ गतेदेखि कार्यभार सम्हालेका घिसिङले २ महिनामै लोडसेडिङ कम गराएका थिए ।

घिसिङ नियुक्त हुनेबेला बेला घाटामा रहेको प्राधिकरण अहिले सबैभन्दा धेरै नाफा कमाउने संस्था समेत बनेको । घिसिङले २०७५ साल बैशाखबाट नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरेका थिए, यसकारण पनि उनी जनताको ढुकढुकी बनेको छ अहिले ।

घिसिङ आउनु अघि दैनिक १८ घन्टा सम्म लोडसेडिङ झेलिरहेका नेपालीले लोडसेडिङ मुक्त भएपछि घिसिङमा मनमनमा सजाएका छन् । नेपालका केही जिल्लाहरुमा चोकको नामनै ‘कुलमान घिसिङ चोक’ भनेर पनि राखेका छन् । कुलमान घिसिङ कार्यकाल सकिनै लाग्दा उनको विकल्पमा को आउने हो भन्ने जिज्ञासा धेरैमा छ ।

कुलमान नै दोहोरिने पनि धेरैले अनुमान गरेका छन् । घिसिङ आफैले फेरि चारबर्ष काम गर्नपाए अधुरा कामहरु पूरा गर्ने मनसाय व्यक्त गर्दै आएका छन् । जेहोस यसको परिणाम चाडै आउनेवाला छ ।

सामाजिक सञ्जाल मार्फत कलाकारहरुले कुलमान घिसिङलाई पुन: नियुक्ति गर्नु पर्ने माग गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले पनि घिसिङलाई अर्को चारबर्ष काम गर्न दिनुपर्ने माग गरेका छन् ।

भिडियो हेर्नहोस्

Related Articles

Back to top button
Close